बुटवल, ४ माघ । बुटवलमा क्रियाशिल पांच वटा लायन्स क्लवको संयुक्त पदहस्तान्तरण तथा स्थापना दिवश सम्पन्न भएको छ । सिद्धबाबा लायन्स क्लव, मुक्तिनाथ लायन्स क्लव, लायन्स क्लव जीतगढी, लायन्स क्लव मिलन र लायन्स क्लव चौतारीको पदहस्तान्तरण तथा स्थापना दिवश सम्पन्न भएको हो ।
लायन्स क्लवका जोन चियरपर्सन गोर्कण भट्टराईको सभापतित्व र लायन्स क्लव ३२५ बी २ का गर्भनर घनश्याम भट्टराईको आतिथ्यमा भएको कार्यक्रममा डिष्टिकका द्धितिय गर्भनर सुनिल वझा, पुर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठ, अरुण प्रताप राणा, रिजन चियरपर्सन टंक प्रसाद गैरे, गणेश भट्टराई लगायतले लायन्स क्लवहरुले यस क्षेत्रमा गरेका सामाजिक गतिबिधि र कार्यक्रमका सम्वन्धमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक गर्भनर भट्टराईले सिद्धबाबाका अध्यक्ष तेजु भट्टराई, मिलनका अध्यक्ष गोपाल टण्डन, जीतगढीका अध्यक्ष भीमलाल घिमिरे, मुक्तिनाथका लक्ष्मण रेग्मी, चौतारीका अध्यक्ष लुकराज न्यौपानेलाई पदस्थापन गराउनु भएको थियो ।