कोईलाखानीमा नौ जनाको मृत्यु

841

कोईलाखानीमा नौ जनाको मृत्यु

ताइयान (चीन), ५ माघ । चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका व्यक्तिको स्थीर स्वास्थ्य अवस्थासहित अस्पतालमा उपचार भइरहेको अधिकारीले बुधबार जनाएका छन् । चीनको सोउझोउमा मङ्गलबार विहान पौने एघार बजे दुर्घटना भएको हो । घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा