एमालेले मधेशी जनतालाई नेपाली नदेख्नु गलत नजर : घिमिरे

250

एमालेले मधेशी जनतालाई नेपाली नदेख्नु गलत नजर : घिमिरे

बुटवल, ५ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले एमालेको खोक्रो राष्ट्रवाद सकिएको बताएका छन् । उनले एमाले अध्यक्ष ओली प्रति कडा टीप्पणी गर्दै भने— ‘गणतन्त्र बिरोधी ओली कसरी राष्ट्रवादी हुनसक्छन्, उनी परिवर्तनका बिरोधी हुन् ।’  पहिले भारतकै निर्देशनमा सबैकुरा मान्ने अहिले सरकार छाड्नुपरेको छट्पटाहटका कारण जथाभाबी बोल्नुको कुनै तुक छैन —घिमिरेले भने ।

रुपन्देहीको मोतिपूरमा नेपाली कांग्रेस वडा न १९ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले एमालेले मधेशी जनतालाइ नेपाली नदेख्नु गलत नजर भएको बताए । संविधान संशोधन मार्फत मधेशका जनताको माग सम्बोधन गर्नुपर्ने बताए । उनले प्रदेश न ५ मा भैरहेको आन्दोलनलाइ जनताको भाबना अनुरुप नै जानुपर्ने बताए । प्रदेश न २ मा पनि पहाड मिसाउनुपर्छ ५ मा रहेका पहाडी जिल्ला टुक्राउनु हुदैन उनले भने  ।

सरकारले निर्वाचनको लागि तयारी गर्नुपर्ने भन्दै उनले अब हुने तीनै तहको निर्वाचनका लागि तयार रहन पनि कार्यकर्तालाइ निर्देशन दिए । मोतिपूर नेपाली कांग्रेस वडा न १९ का सभापति बाबुराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस ४ नं क्षेत्रीय सभापति हरि लम्साल,नेपाल पब्लिक प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे, बुटवल नगरसभापति खेलराज पाण्डे, नेविसंघ नेता बिष्णु पोखरेल, सचिव मानबहादुर गुरुङ, कोषाध्यक्ष माया भण्डारी लगायतले बोल्दै कांग्रेसले पार्टी भित्रको गुट उपगुट बन्द गरेर एकढिक्का हुन सुझाएका थिए ।