चार नम्बरमा आई.एस.सी.ए क्रिकेट प्रतियोगिता

1.3K

चार नम्बरमा आई.एस.सी.ए क्रिकेट प्रतियोगिता

बुटवल, ६ माघ । रुपन्देहीको मणिग्राम चार नम्बरमा शुक्रबारदेखि अन्तरमावि जिल्लास्तरीय आई.एस.सी.ए क्रिकेट प्रतियोगिता हुने भएको छ ।

संस्थागत विद्यालय क्रिकेट संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको बिहीबार मणिग्राममा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । रुपन्देहीका २६ विद्यालयहरुको सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद २५ हजार शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने क्रिकेट संघका अध्यक्ष समिर खानले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको उपविजेताले १५ हजार, तृतिय हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले ५० हजार सहित शिल्ड तथा प्रमाणपत्र हात पार्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा वेष्ट बलर, प्लेयर, किप्पर, बेष्ट ब्याट्स मेन, अम्पाएर लाई समेत पुरस्कृत गरिने भएको छ ।

१ लाख ५० हजार खर्चको अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा रुपमा प्याब्सन रुपन्देही रहेको छ । पत्रकार सम्मेलनमा नवज्योति ईङ्गलिस बोर्डिङ्ग स्कुल ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण ज्ञवाली, सहायक प्रिन्सिपल कमल ज्ञवाली, क्रिकेट संघका कोषाध्यक्ष उदय कुमार मल्लिक लगायतले विद्यार्थी जीवनमा खेलको महत्वका बारेमा भनाई राख्नु भएको थियो ।

यसैबीच प्रतियोगिता अन्र्तगत शुक्रबार उद्घाटन खेल अन्र्तगत दुईवटा खेल हुने भएका छन् । मणिग्राम चार नम्बरमा रहेको नवज्योतिबोर्डिङ्ग स्कुलको खेल मैदानमा हुने पहिलो खेलमा सिद्धार्थ बोर्डिङ्ग स्कुल र समिट बोर्डिङ्ग स्कुलका बीचमा हुने छ भने दोस्रो खेल न्यू लाईट र लिटिल स्टारका विचमा हुने खेल संयोजक के.एन. सागर ज्ञवालीले जानकारी दिनुभयो ।