‘भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गरिने’

180

‘भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गरिने’

बुटवल, ६ माघ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष मोहन धिमालले राजनैतिक भ्रष्टाचार गरि कमाएका सम्पतिलाई जफत गरि राष्ट्रियकरण गरिने चेतावनी दिनुभएको छ ।

उहांले दलहरुले सक्तामा गएर भ्रष्ट्राचार गरेर कमाएका अकुत सम्पतिलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनु भयो । पार्टीको २६ औं स्थापना दिवसका अवसरमा रुपन्देहीले शंकरनगरको बनबाटिकामा गरेको कार्यक्रममा बोल्दैं उपाध्यक्ष धिमालले सो बिचार व्यक्त गर्नुभएको हो ।

पार्टी प्रशिक्षण बिभाग प्रमुख समेत रहनुभएका उहांले एमालेप्रति इंगित गदैं आदिवासी जनजातिलाई भ्रममा पारेर सक्तामा जाने भ¥याङ मात्र बनाएको आरोप लगाउंनुभयो । पार्टी अनुगमन तथा मुल्याङकन समितिका सदस्य अशोक पुनले जारी संबिधान पश्यगामी भएकाले पुर्नलेखनका लागि दबाब दिन आन्दोलनको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य हरिदेब थापा, सदस्य भैरब थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टी,रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षता, सचिव चित्रप्रसाद गुरुङको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष मधु रानाको स्वागतमा सम्पन्न भएको थियो ।

सो अबसरमा विभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्नेलाई उपाध्यक्ष धिमालले अबिर लगाएर पार्टी प्रवेश गराउंनुभएको थियो । पार्टीको स्थापना ०४७ माघ ६ गते भएको हो ।