जनमोर्चा सरकारमा सहभागी हुने

जनमोर्चा  सरकारमा सहभागी हुने

12019845_455066491347118_3141406848687817997_n

बुटवल/चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। नयाँ संविधान जारी भए पछि परिस्थिति बदलिएकाले सरकारमा जाने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले बताए। सम्मानजनक मन्त्रालय पाए अध्यक्ष आफैं सरकारमा जाने र नभए उपाध्यक्ष दूर्गा पौडेल मन्त्री बनाएर पठाउने मोर्चाले निर्णय गरेको छ।पार्टी महामन्त्री मोहन विक्रम सिंहकी पत्नीसमेत रहेकी पौडेल पार्टीको महिला संघको अध्यक्ष पनि हु्न्।’संविधान बनेसँगै सरकारमा जाने हाम्रो नीति खुल्ला भयो, राम्रो र सम्मानजनक मन्त्रालय पाए आफै जाने नभए उपाध्यक्षलाई पठाउने निर्णय गरेका छौ, केसीले भने, ‘नयाँ परिस्थिति भएकोले सरकारमा जाने निर्णय गरेका हौ।’
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •