
बुटवल, ७ माघ । मदन भण्डारी स्पोर्टस् ऐकेडेमी बुटवल उपमहानगर कमिटीले आयोजना गरेको अन्तर मावि पा“च हजार मिटर दौड प्रतियोगिताको उपाधि सुनिल कुर्मीले हात पारेका छन् ।
आज रुपन्देहीका विभिन्न विद्यालयका १ सय ५६ जनालाई पछि पार्दै रोज वर्ड एकेडेमी अमुवाका विद्यार्थी कुर्मीले ५ हजार मिटरको दुरी १६ मिनेट ४९ सकेकेन्डमा पूरा गरि उपाधि हात पारेका हुन । पुरुषतर्फको विजेता बनेका कुर्मीले नगद ५ हजार ५ सय ५५ रुपैया, कप र मेडल पुरस्कार हात पारेका छन् ।
यसैगरि पुरुषतर्फ नहपुर मावि बुटवलका दिलिप सिजांलीले १६ मिनेट ४५ सेकेन्डमा दुरी पार गरि द्धितिय भएका छन् । यस्तै सिद्धार्थ गौतमबुद्ध कलेज बुटवलका दीपक परियारले १६ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गरि तृतिय भएका छन् । द्धितिय र तृतिय भएकाहरुले क्रमश ३ हजार ३ सय ३३ रुपैया, २ हजार २ सय २२ रुपैया नगद सहित मेडल कप प्राप्त गरेका छन् ।
यसैगरि महिला तर्फ नवीन औद्योगिक रिता कदरबहादुर उच्च मावि बुटवलकी ललिता पाण्डेले २२ मिनेट ३० सेकेन्डमा दुरी पूरा गरि प्रथम हुन सफल भएकी छन् । विजेता पाण्डेले ५ हजार ५ सय ५छ रुपैयाँ सहित मेडल प्राप्त गरेकी छन् । यस्तै न्यू होराईजन बोर्डिङ बुटवलकी मनिषा तिमिल्सेनाले २३ मिनेट ५० सेकेन्डमा दुरी पूरा गरि द्धितिय भएकी छन् ।
यसैगरि कालिका उच्च माविक बुटवलकी मिना ज्ञवालीले २३ मिनेट ५० सकेन्डमा दुरी पूरा गरि तृतिय भएकी छन् । द्धितिय र तृतीयले क्रमश ३ हजार ३ सय ३३, २ हजार २ सय २२ रुपैयाँ नगद सहित कप र मेडलबाट पुरस्कृत भएका छन् । १ सय ५६ जनामध्ये ३१ जना महिला विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बुटवल योगिकुटीबाट शुरु गरिएको दौड राजमार्ग चौराहा, मिलनचौक हुँदै ट्राफिकचौकमा गएर सकिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री महेश बस्नेतले खेल खेलाडीका लागि सरकारले सम्मान गर्ने बेला आएको बताए । उनले युवाहरुलाई देशको राष्ट्रियता निकै खतरामा रहेकाले सजग हुने बेला आएको बताए ।
उनले विजेता छात्र÷छात्रालाई पुरस्कार समेत वितरण गरे । युवा संघ नेपालका महासचिवमाधव बास्तोला, कमिटीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्य, एमाले रुपन्देहीका कार्यवाहक अध्यक्ष पुरुषोत्तम घिमिरे, एकेडेमीका अध्यक्ष विकासजंग बस्नेत, कार्यक्रम संयोजक प्रकाश क्षेत्री, कोषाध्यक्ष सुन्दर श्रेष्ठ, सचिव नवसुजित भण्डारी लगायतले बोलेका थिए ।
सो अवसरमा शारीरिक रुपमा अशक्त दीप बोर्डिङ कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी रुपा रौतारलाई एक्सपर्ट एजुकेशनल एण्ड भिसा सर्भिसले अर्को बर्षको शुल्क तिर्ने घोषणा गरेका थिए ।