
बुटवल, ७ माघ । सहकारी तथा माईक्रोफाईनान्सको लागि उपयोगी सफ्टवेयर ईनफोनेटी ईनपावर बुटवलमा बजारिकरण तथा अभिमिुखीकरण गरिएको छ ।
आज बुटवलमा एक विशेष कार्यक्रम आयोजना गरी नेपाल ई कम कन्र्सन बुटवल र ईन्फोटेक्नोडेभलपरमेन्ट प्रालि काठमाण्डौले संयुक्त रुपमा अभिुमखिकरण तथा सफ्टवेयर बजारिकरण गरेका हुन । कार्यक्रममा बोल्दै ईन्फोटेक्नोडेभलपर प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवासीले वर्तमान समय सापेक्षा अनुसार सफ्टवेयर निर्माण गरिएको जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका सचिव कृष्ण प्रसाद पाण्डेले सहकारीहरुको विचमा एकिन लेखा प्रणाली कायम राख्नको लागि सफ्टवेयर सहज हुने अपेक्षा लिइएको जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल ईकम कन्र्र्सन बुटवलका प्रमुख नरायण प्रसाद श्रेष्ठ, मिसन बैंक लिमिटेड बुटवलका प्रमुख कार्यकारी अधिकृत हरि रेग्मी, कम्प्युटर एशोसियन महासंघ नेपालका केन्द्रीय सदस्य तथा क्यान लुम्बिनीका संस्थापक अध्यक्ष नवराज कुँवर, क्यान महासंघ रुपन्देहीका अध्यक्ष रोशन कंडेल, विकु बचत तथा ऋण सहकारी संघका प्रबन्धक राम प्रसाद भुषाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ईन्फोडेभलपरमेन्ट प्रालि काठमाण्डौका प्रविन सुवेदीले सफ्टवेरको बारेमा जानकारी प्रदान गरेका थिए ।