
बुटवल, ८ माघ । रुपन्देहीको देवदहमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवदह–५, सिंगाहामा लु ६ प ४६४९ नम्बरको मोटरसाईकललाई लु १ ख ४६६१ नम्वरको टिप्परले ठक्कर दिदा मोटरसाईकल चालक खिमबहादुर पुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलमा सई बावुराम पुरीले जानकारी दिनुभयो ।
देवदह–४ का ५० वर्षिय पुन महामाया भवानी उच्च माविका सदस्य रहेको केरवानी उच्च माविका शिक्षक निर्मल ढुंगानाले जानकारी गराउनुभयो । भित्री सडकमा समेत टिप्पर तिब्र रहेको कारण मोटरसाईकललाई ठक्कर दिएको शिक्षक ढुंगानाले जानकारी दिनुभयो ।
पौनै १२ बजे भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मोटरसाईकललाई टिप्परले ठक्कर दिदा मोटरसाईकलमा सवार कपिलवस्तुका बुद्धीराज न्यौपाने घाईते भएका छन् । घाईते न्यौपानेको बुटवलको जेनस अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।