संघीयता बिरोधी शक्तिसंग सचेत रहन आग्रह

1.3K

संघीयता बिरोधी शक्तिसंग सचेत रहन आग्रह

पाल्पा ८ माघ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य के.बी.गुरुङले पहिचान र संघीयता बिरोधी शक्तिसंग सचेत रहन मगरहरुलाई आग्रह गर्नुभएको छ ।

उहांले मगरहरुलाई ति शक्तिले सक्तामा पुग्ने भ¥याङ मात्र बनाएको आरोप लगाउनु भयो । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा–नेपालको दुई दिने दोस्रो राष्ट्रिय भेलालाई पाल्पाको तानसेनमा आज उद्घाटन गदैं नेता गुरुङले उक्त आग्रह गर्नुभएको हो ।

उहांले फुटाउ र शासन गर भन्ने हेतुले दलहरुले मगरहरुलाई छिन्नभिन्न पारेको दावी गर्नुभयो । पार्टीका पूर्वी मगरांत इन्चार्ज समेत रहनुभएका उहांले मुलुकमा हिन्दु धर्मको आगमनपछि मगर समुदायमा त्यसको प्रभाव परेको बताउंदैं जात र धर्मको नाममा राजनीति गर्न नहुंने बताउनुभयो ।

अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव नगेन्द्र राईले दलहरुले हतारमा संविधान जारी गरेका कारण मुलुकमा द्दन्द्द बढेको दावी गर्नुभयो । सरकारले ल्याएको संविधान संशोधन विस्तारबादी सोंच र विरोधमा आन्दोलन गर्नु शामन्तवादी कोणबाट आएकाले दुबै गलत भएको राईले बताउंनु भयो ।

मोर्चाका केन्द्रीय संयोजक भीमबहादुर श्रीसको अध्यक्षता, सदस्य तेजकुमारी थापाको सञ्चालन तथा केन्द्रीय सदस्य पदम लामिछानेको स्वागतमा भएको उद्घाटन कार्यक्रममा मोर्चाका केन्द्रीय सल्लाहकार निलबहादुर पुनले पनि बोल्नुभएको थियो । भेलामा ७५ वटैं जिल्लाबाट १ सय ७५ जना प्रतिनीधि र २५ जना प्रर्यवेक्षक सहभागी रहेको सल्लाहकार पुनले जानकारी दिनुभयो ।

भोलीसम्म चल्ने भेलाले मोर्चाको नयां नेतृत्व समेत चयन गर्नेछ ।