
देवदह, ८ माघ । खेलकुदले व्यक्तिगत स्वास्थ्यका साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन सक्ने रुपन्देही जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताएका छन् । उनले हरेक बिद्यालयहरुले बिद्यार्थीहरुलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल रुपन्देहीद्धारा देवदहको पानवारीमा आयोजित छैठो जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको सम्ँँप्ँन्ँ समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरु वीच एक आपसमा सद्भाव र भाईचारको सम्वन्ध प्रगाढ बनाउने हुदा खेललाई प्रतिष्पर्धाको लागि भन्दा पनि अवसरको रुपमा बुझ्नुपर्ने बताए ।
सोही अवसरमा बोल्दै अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शिक्षाको पठन पाठन संगै खेलकुदको माध्यमबाट विद्यार्थीहरुलाई अगाडि बढाउन सकिनेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय यशोसियसन नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल, उपाध्यक्ष देउप्रकाश राई, खेल संयोजक विष्णुप्रसाद पौडेल, सदस्य होमनाथ ढुङ्गाना लगायतले भनाई राखेका थिए ।
त्यसैगरी नेशनल प्याब्सन रुपन्देहीद्धारा आयोजित छैठौँ खेल सप्ताह–२०७३ को उपाधी देवदह ईङलिस बोडिङ्ग स्कुल देवदहले हात पारेको छ । देवदह बोडिङ्ग स्कुलले ९६ अंकका साथ उपाधी जित्न सफल भएको हो । त्यसैगरी प्रतियोगितको दोश्रो स्थान ७५ अंकका साथ सगरमाथा आवासीय उच्च मावि हुन सफल भएको छ ।
प्रतियोगितमा मिसन माउण्ट एकेडेमी बुटवल ७० अंकका साथ तृतिय स्थान गरेको छ भने स्कर्लसहोम बोडिङ्ग स्कुल बुटवल ५२ अंकका साथ सान्त्वना भएको छ ।