
बुटवल, ९ माघ । गुल्मेली सम्पर्क समाज रुपन्देहीले शिवरात्रीको अवसर पारेर नेपाल राष्ट्र शान्ती रुद्राभिषेक यज्ञ गर्ने भएको छ । आगामी फागुन १३ गते बुटवल डिङगनगरमा अवस्थित श्रृङगेश्वर धाममा यज्ञ हुने समाजले बताएको छ ।
गुल्मेली सम्र्पक समाज रुपन्देही, श्रृङगेश्वर धाम र रेसुङ्गा बचत तथा ऋण सहकारी संस्थाको संयुक्त बैठकले राष्ट्र शान्तीको लागि रुद्राभिषेक यज्ञ गर्ने निर्णय गरेको गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष ईन्जिनियर हिराबहादुर भलामीले जानकारी दिनुभयो । तीन वटा संस्था आयोजक रहेको यज्ञमा जन ज्योती क्लव सह आयोजक रहेको छ ।
बैठकले श्रृङगेश्वर धामको गुरुयोजना समेत पारित गरेको भलामीले जानकारी दिनु भयो । गुरुयोजनामा जेष्ठ नागरिक मिलन केन्द्र, शान्ती बाटिका संसङ भवन निमार्ण लगाएतका महत्व पुर्ण योजनाहरु रहेका छन् । जेष्ठ नागरिक मिलन केन्द्रको शिलन्यास शिवरात्रीको दिन १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको करकमलबाट हुने भलामीले जानकारी दिनु भयो ।
बैठकमा श्रृङगेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, रेसुङ्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, कृष्ण प्रसाद पोखरेल, जन ज्योती क्लवका अध्यक्ष मित्रलाल न्यौपान लगाएतले शिलन्यास तथा यज्ञलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नेबारे विचार राख्नु भएको थियो ।