दुई अर्ब बढीले मनाउछन् सोनम ल्होछार

1.3K

दुई अर्ब बढीले मनाउछन् सोनम ल्होछार

बुटवल, १० माघ । नेपाल तामाङ घदुङ रुपन्देहीले सोनम ल्होछारको अवसरमा सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । आज बुटवलमा पत्रकार सम्मेलन गरी २८५३ औं सोनम ल्होछारको अवसरमा रचनात्मक कार्यक्रम गरिने जानकारी गराइएको हो ।

माघ ११ गते रक्त संचार केन्द्र बुटवलमा रक्तदान, माघ १४ गते बुटवल–१३, बुद्धनगरमा रहेको छ्यूम्हे ज्याङ लिगं गुम्बामा बुद्ध पूजा, माघ १४, १५ र १६ मा घर घरमा पुजापाठ, माघ १५ गते बिहान ८ बजे पुष्पलाल पार्क देखि दिपनगर(तामाङ कुल पुजा सम्म) ¥याली गरिने तामाङ घेदुङका जिल्ला अध्यक्ष कुमार तामाङले जानकारी गराउनुभयो । सोनम ल्होछारकै दिन माघ १५ गते दिपनगरमा रहेको तामाङ कुल पुजा स्थलमा शुभकामना आदान प्रदान हुनेछ ।

तामाङहरुले सोनम ल्होछारलाई नयां वर्षको रुपमा मनाउदै आएका छन् । यस वर्ष टे ल्हो (बादर) वर्गको विदाई गरी ज्या ल्हो (चरा वर्ग)को स्वागत गर्दैछन् । विश्वमा दुई अर्ब भन्दा बढीले सोनम ल्होछार मनाउने गरेको तामाङ घेदुङका सल्लाहकार कृष्ण मोक्तानको भनाई छ । चीन, हङकङ, वर्मा, सिक्किम, दार्जिलिङ्ग सहित मंगोल बसोवास गर्ने विश्वका धेरै देशमा सोनम ल्होछार मनाउने गरिएको छ ।

२०६८ को जनगणना अनुसार १७ लाख बढी तामाङ भएपनि देशभर ३५ लाख बढी रहेको तामाङ घेदुङका केन्द्रीय सदस्य विरमान लामाको दावी छ । उहांले तामाङले अन्य थर लेख्ने गर्दा तथ्यांकमा तामाङ कम देखिएको दावी गर्नुभयो । २०६८ कै जनगणना अनुसार १३ लाख ५३ हजार ३ सय ११ (५.१) ले तामाङ भाषा बोल्ने गरेको तथ्यांक छ ।

रुपन्देहीमा २५ सय बढी तामाङ बसोवास गर्ने गरेको तामाङ घेदुङका निवर्तमान अध्यक्ष विरबहादुर लामाले जानकारी गराउनुभयो । तामाङहरुको मुख्य पर्व सोनम ल्होछार संगै माघे सक्रान्ति, साउने संक्रान्ति, बैशाख पुर्णिमा, बुद्ध जयन्ती रहेको तामाङ घेदुङका सचिव राजेश लामाले जानकारी गराउनुभयो ।

विभिन्न स्थानबाट रुपन्देहीमा आएर बसेका तामाङहरुलाई संगठित गर्न रुपन्देहीमा २०५८ सालमा नेपाल तामाङ घेदुङ स्थापना भएको हो ।