पुनःनिर्माणलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री

पुनःनिर्माणलाई तीव्रता दिइनेछ : प्रधानमन्त्री

kp

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई आइतबार शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री ओलीले गरिब जनताका लागि आएको रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाए।नेपाली जनतालाई राहतको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री ओलीले भने–“जनताको घर, विद्यालय भत्किएको छ, त्यसैले उनीहरुलाई सहुलियत र सहयोगको आवश्यकता छ ।” उनले पुनःनिर्माणमा सहयोग गर्ने सहयोगको प्रतिबद्धता जनाउने राष्ट्र तथा दातृ निकायलाई पुनःनिर्माण कार्य पारदर्शी हुनेमा आश्वस्त पारे।प्रधानमन्त्री ओलीले हाल मुलुकको आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने अपेक्षा गर्दै अहिलेसम्म पा्रप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब सबै मिलेर मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए। सो अवसरमा एनआरएनएका पुनःनिर्वाचित अध्यक्ष शेष घले नेतृत्वको पदाधिकारी तथा सदस्यले नेपालको पुनःनिर्माण र आर्थिक विकासमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •