
भैरहवा, ११ माघ । लुम्बिनी लायन्स क्रिकेट क्लव बुटवललाई ३१ रनले हराउदै गोलपार्क क्रिकेट क्लव बुटवल भैरहवामा जारी नेपाल टेलिकम जिल्ला स्तरीय सुपर लिग अन्तरगत आजको खेलमा बिजयी भएको छ ।
डिभीजन बि अन्तरगर्त जारी खेलमा गोलपार्क बिजयी भएको हो । ए डिभीजनमा पुग्न गोलपार्कले अझ एक खेल जित्नु पर्ने छ । टसजितेर ब्याटिङ्ग गरेको गोलपार्क निर्धारित ३५ ओभरको खेलमा १ सय २१ रनमा अल आउट भए पनि लुम्विनीले उक्त लक्ष्य पुरा गर्न सकेन ।
लुम्विनी ३२ दशमलव १ ओभरमा ९० रनमा समेटीदै सवै बिकेट गुमायो । गोलपार्कका अरविन्द सारुले ४१, बिनीत पौडेलले ३४ नट आउट र कमल श्रेष्ठले २० रन जोडेका थिए । लुम्बिनीका बिनीत काफ्ने र बिसाल भुसालले ४/४ बिकेट तथा सरन रसाईलीले २ बिकेट लिए । लुम्बिनीका लागि बिनीत काफ्लेले २७ र धिरेन राकेसले १९ रन बनाए पनि जितका लागि प्रयाप्त हुन सकेन ।
खेलको म्यान अफ द म्याच गोलपार्कका बिनीत पौडेल घोषीत भएको आयोजक संस्था रुपन्देही क्रीकेट क्लवका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए । भैरहवा स्थित शिद्धार्थ रगंशालामा जारी प्रतियोगीतामा बुधवार एपेक्स क्रिकेट क्लव शंकर नगर र साई ग्लोवल क्रीकेट क्लव भैरहवा बिच प्रतिस्पर्धा हुने छ ।
बुधबारको बिजेट डिभीजन ए मा प्रवेश गर्ने छ । नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्त बलर र उत्कृस्त ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।
प्रतियोगितामा रुपन्देहीका आठ बटा ए डिविजन क्लब र १२ बटा बि डिभीजनका क्लबहरुले भाग लिएका छन् ।