तान्जानियामा नेपाली समाज गठन

573

तान्जानियामा नेपाली समाज गठन

बुटवल, ११ माघ । अफ्रिकी मुलुक तान्जिानियामा रहेका नेपालीहरुले सहकारी संस्था गठन गरेका छन् । विभिन्न उदाहरणिय काम गदै आएको तान्जानियाको आरुशा स्थित प्रबासी नेपालीहरु फेरि एकजुट भएर नेपाली समाज तान्जानिया गठन गरका हुन् ।

नेपाली समाज तान्जानिया नामक सहकारी संस्थाको अध्यक्षमा धनबहादुर सारु रहनु भएको छ । समितिको उपाध्यक्षमा दुर्गाबहादुर सिन्जाली, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा देवीलाल पाठक रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा ज्ञान थापा, कोसल सारु, ओम थापा, सनी बलाल् रहनु भएको छ । आगामी दिनमा दिनमा समाजमा मात्र नभै एक आपसमा कसैलाई समस्या पर्दा सहयोग गर्ने गरी मासिक पैसा उठाई बचत गर्नको लागि सहकारी संस्था स्थापना गरेको संस्थाका कोषाध्यक्ष देवीलाल पाठकले लुम्बिनी अनलाईन लाई जानकारी दिनु भयो ।

कार्यक्रम दुर्गाबहादुर सिन्जालीको अध्यक्षतामा भएको थियो ।