अक्सफोर्डको रजत महोत्सवमा जिल्ला स्तरीय प्रतियोगिता

1.3K

अक्सफोर्डको रजत महोत्सवमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवल, ११ माघ । बिद्यालय स्थापना भएको २५ वर्ष पुरा गरेको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित अक्सफोर्ड माविले बिभिन्न कार्यक्रम सहित रजत महोत्सव मनाउने तयारी गरेको छ ।

२०४८ सालमा स्थापना भई बिभिन्न आरोह अवरोह पार गर्दै आएको अक्सफोर्ड माबिले बुधबारदेखि साताव्यापी बिभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाउने तयारी गरेको आज बिद्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । रजत महोत्सवकै अवसरमा बिद्यालयले बिभिन्न विधामा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

जस अन्तरगत १२ र १३ गते टेवलटेनिस प्रतियोगिता, रक्तदान, १४ गते हाजिरीजवाफ प्रतियोगिता, १५ गते खुल्ला सडक दौड प्रतियोगिता गरिने छ । सडक दौड प्रतियोगितामा प्रथम हुनेलाई सात हजार पाँच सय, द्वितीयलाई पाँच हजार र तृतीय हुनेलाई दुई हजार पाँच सय रुपैंया नगद पुरस्कार प्रदान गरिने बिद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो ।

त्यस्तै १६ र १७ गते भु.पु. बिद्यार्थी पुर्नमिलनल, सांस्कृति कार्यक्रम र पुरस्कार वितरण गरिनेछ भने १८ गते मुल समारोहका बिच रजत महोत्सवको कार्यक्रम समापन गरिने बिद्यालयका पूर्व प्राचार्य अजित खनालले बताउनु भयो । रजत महोत्सवको मुल समारोहमा शिक्षा विभागका महानिर्देशक टेकनारायण पाण्डे सहित शिक्षा क्षेत्रका बिशिष्ट व्यक्तिहरु सहभागि हुने बिद्यालयले जनाएको छ ।

बिद्यालयले यथासक्य सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काम पनि गर्दै आएको र रजत महोत्सवको अवसरमा छात्रबृत्ति कोष बनाईने जनाएको छ । गरिव तथा जेहेन्दार बिद्यार्थीलाई लक्षित गरेर बिद्यालयले उक्त छात्रबृत्ति कोष बनाउन लागेको पत्रकार सम्मेलनमा अक्सफोर्ड कलेजका प्रिन्सीपल मनोज मरासिनीले बताउनु भयो ।

बिद्यालयले हरेक वर्ष विशिष्ट नतिजा दिन सफल भएको बताउँदै त्यहाँबाट उत्पादन भएका बिद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कृयाशिल हुन सफल भएको र उत्कृष्ट नजिताकालागि आफूहरु प्रयत्नशिल रहेको अक्सफोर्ड एकेडेमीका अध्यक्ष दुर्गादत्त भण्डारीले बताउनु भयो । बिद्यालयमा हाल करिव ३ हजार ८ सय ५० बिद्यार्थी अध्ययनरत छन् भने २ सय ५० शिक्षक कर्मचारी कार्यरत रहेको बिद्यालयले जनाएको छ ।