नयां नेतृत्व चयन

351

नयां नेतृत्व चयन

बुटवल, ११ माघ । नेपाल तामाङ घेदुङ देवदह नगर समितिको प्रथम भेला नयां नेतृत्व चयन गरि देवदहको शितलनगरमा सम्पन्न भएको छ ।

भेलाले ङेमा लामाको अध्यक्षतामा सात सदस्यीय नगर समिति गठन गरेको हो । जसको उपाध्यक्ष रामबहादुर तामाङ, सचिव नरबहादुर तामाङ, कोषाध्यक्षमा सरस्वति तामाङ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा लाली तामाङ, शोभा तामाङ र बेगबहादुर तामाङ रहनुभएको छ ।

घेदुङका जिल्ला अध्यक्ष कुमार मोक्तानको अध्यक्षमा भएको कार्यक्रममा केन्द्रीय सदस्य बीरमान लामा, जिल्ला उपाध्यक्ष हिरामाया मोक्तान, जिल्ला सदस्य द्धय सरेश लामा, सन्तबहादुर तामाङ,सिक्टहन इकाई समितिका अध्यक्ष धनबहादुर तामाङ लगायतले बोल्नुभएको थियो ।