
गजल
*****
मनै त हो ठूलो, नगर भो सुनको कुरा ।
खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।।
न शुर भो न ताल, गोलमाल भो सबै ।
नगर भो त्यो, संगीतको धुनको कुरा ।।
पृथ्वी मात्र हैन, हाम्रै हो पूरै ब्रह्माण्ड ।
नगरौं त्यति सानो, त्यो जूनको कुरा ।।
स्वार्थी छ्न् सबै, वरिपरि जतासुकै ।
नगरौं फेरि यहाँ, त्यहि गुनको कुरा ।।
बस्नुपर्छ मिलिजुली, दाजुभाइ सबै ।
बिर्सनुपर्छ सबैले, त्यो खुनको कुरा ।।
~ तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही