सहिद स्मृतीमा समिति गठन

518

सहिद स्मृतीमा समिति गठन

बुटवल, ११ माघ । सहिद स्मृती प्रा.वि. बुटवल–१३ देवीनगरमा सोमबार सम्पन्न अभिभावक भेलाले लालबहादुर नेपालीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा सावित्रा टण्डन, इश्वरीप्रसाद श्रेष्ठ, सुमित्रा परियार, सीता दर्जी र शान्तमाया तामाङ रहनुभएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरीक्षक हरिलाल अर्यालको प्रमुख आतिथ्यमा भएको भेलाले शेरबहादुर परियारको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।

जसको सदस्यहरुमा ओमबहादुर सारु, देवी बि.क. र रेनु परियार रहनुभएको छ । कार्यक्रममा विद्यालय निरीक्षक हरिलाल अर्याल, विद्यालयका प्रधानाध्यापक प्रकाश गौतम, शिक्षक सोमनाथ पुरी, मायादेवी जनजागृती माविका अध्यक्ष धनबहादुर गुरुङ, सोही विद्यालयका प्रधानाध्यापक माधव लोहनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।