
गजल ( युवतीहरुको तर्फबाट )
*****
जिन्दगी हो, अलिअलि मोज हुनुपर्छ ।
साग र सिस्नु नै होस, भोज हुनुपर्छ ।।
गरीब नै होस, धनवाला नि चाँहिदैन ।
काँडाको बीचमा, फूल्ने रोज हुनुपर्छ ।।
ख्याउटे भएपनि, फरक पर्दैन मलाई ।
मात्र उसको, ड्यासिङ पोज हुनुपर्छ ।।
बुढै भए पनि हुन्छ, चाँहिदैन तन्नेरी ।
अनुहारमा, रातो पिरो ओज हुनुपर्छ ।।
फेरियो युग, हुन्न बाउले रोजेकोले ।
मेरो हुनेवाला, आफ्नै खोज हुनुपर्छ ।।
~ तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही