बहुमुखीमा प्राज्ञिक गोष्ठी

1.3K

बहुमुखीमा प्राज्ञिक गोष्ठी

बुटवल, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा आज नेपाल क्रान्तिकारी विद्यार्थी संघ रुपन्देहीले बुटवल बहुमुखी क्याम्पसमा संविधान संशोधन र वैदेशिक हस्तक्षेप विषयक प्राज्ञिक गोष्ठी गरेको छ ।

गोष्ठीमा नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले भारतीय स्वार्थ अनुसार संविधान संशोधन विधेयक ल्याएको दावी गर्नुभयो । प्रा. डा. माधव पन्थीले निर्धारित समयमा चुनाव हुन नदिएर संविधानलाई असफल पार्ने उद्देश्यले संविधान संशोधनको विधेयक ल्याइएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेक्राविसंघका रामचन्द्र श्रेष्ठ, सुर्जन तिवारी, महेन्द्र केवट, सुशीला, अखिलका नविन थापा, अखिल छैठौंका राजन पौडेल, नयाँशक्ति विद्यार्थी युनियनका प्रेम अर्याल, नेविसंघका दिनेश पौडेल लगायतले विदेशीको इशारामा संविधान संशोधन गर्न खोज्नु देशको हितमा नहुने चर्चा गर्नु भएको थियो ।