अक्सफोर्डमा टेवलटेनिस प्रतियोगिता

1.3K

अक्सफोर्डमा टेवलटेनिस प्रतियोगिता

बुटवल, १२ माघ । बुटवल १० सुख्खानगरमा रहेको अक्फोर्ड माध्यमिक विद्यालयले रजतजयन्तीको अवसर पारेर  आज जिल्लास्तरीय टेवलटेनिस प्रतियोगिता गरेको छ ।

रुपन्देहीका १७ विद्यालय सहभागी रहेको प्रतियोगितामा ८२ जना खेलाडीहरु सहभागी छन् । बुधबार र विहीबार गरि दुई दिन प्रतियोगिता हुनेछ । अक्फोर्ड माविका प्रिन्सिपल दिनेश भुसालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही टेवलटेनिस संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, राष्ट्रिय धावक बैकुण्ठ मानन्धर लगायतले खेलको महत्व र खेलमा विद्यार्थीको सहभागिताका बिषयमा भनाई राख्नु भएको थियो ।

अक्फोर्डले माघ १२ गतेदेखि १८ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर रजत जयन्ती मनाउदै छ ।