
बुटवल, १२ माघ । अनेरास्ववियु क्याम्पस कमिटीले बुटवल बहुमुखी क्याम्पसमा आधारभूत लेखा तथा बैकिङ्ग तालिम सञ्चालन गरेको छ ।
आज देखि तीन दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा चार्टर एकाउन्टेन प्रमोद पन्थी र प्रताप बज्राचार्यले प्रशिक्षण दिनुभएको छ । तालिममा ब्यवस्थापन संकायका एक सय ३० जना विद्यार्थी सहभागी छन् ।
क्याम्पस कमिटीका संयोजक नविन थापा सारुको अध्यक्षतामा, कमिटीका सचिव भरत अर्यालको सञ्चालनमा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बालकृष्ण पाण्डे, क्याम्पस प्रमुख डा.शखिसरण सुवेदी, अनेरास्ववियु जिल्ला कमिटी सहसचिव तथा क्याम्पस कमिटीका निर्वतमान अध्यक्ष शेषकान्त पोखरेल लगायतले बोल्नु भएको थियो ।