सामुहिक राजीनामा दिने चेतावनी

1.3K

सामुहिक राजीनामा दिने चेतावनी

a mao-office

काठमाडौं । एकीकृत नेकपा माओवादीका थारु सभासद तथा नेताहरुले संयुक्त राजीनामाको चेतावनी दिएका छन् ।

संविधान जारी भएको दुई सातामै संशोधन गरेर थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रतिवद्धता पुरा नभएको र सरकारमा पनि सहभागी नगराएको भन्दै माओवादीका थारु नेताहरु नेतृत्वप्रति असन्तुष्ट बनेका छन् ।

उनीहरुले पार्टीभित्र विद्रोह गर्ने चेतावनी दिएका छन् । एक नेताले अनलानखबरसँग भने-‘हामी बैठक बसिरहेका छौं । आजै साँझ वा भोलिसम्ममा अधयक्ष प्रचण्ड कहाँ सामूहिक राजीनामा बुझाउने तयारी भइरहेकेा छ ।’

एमाओवादीका थारु नेताहरुले नयाँ संविधान जारी भएपछि दुई सातामै संशोधन गर्छौं र सीमांकनमा थारु समुदायलाई सम्बोधन गर्छौ भन्ने प्रतिवद्धता नेतृत्वले भूलेको आरोप लगाएका छन् । ‘थारु राष्ट्रिय मुक्ति मोर्चा नेताहरुले प्रतिवद्धता जनाउनु भएको थियो । तर,
तर, अहिलेसम्म हुन सकेन’ एक नेताले भने-‘सरकारमा सहभागिता भएन ।’

केपी ओली सरकारमा एमाओवादीले गृहसहितका ८ मन्त्रालय पाएको थियो । सुरुमा हरिबोल गजुरेललाई मात्र पठाएको थियो । सात मन्त्री छान्ने क्रममा सभासद एवं थारु मोर्चाका अध्यक्ष सन्तकुमार थारुको नाम पनि चर्चामा थियो ।

तर, आइतबार सात मन्त्री पठाउँदा थारु समुदायबाट कोही पनि गरेन । एमाओवादी नेतृत्वले अब केही राज्यमन्त्री थारु समुदायबाट बनाउने आश्वासन दिएको छ ।

तर, थारु नेताहरुले भने पार्टीले आफूहरुलाई राजनीतिक कमैया मात्र बनाउन खोजेको भन्दै राज्यमन्त्री नबन्ने र राजीनामा दिने तयारी गरेका छन् । नेताहरुका अनुसार ८ सांसद र केन्द्रीय समितिमा रहेका थारुहरुले राजीनामाको तयारी गरेका छन् ।