फाईनलमा युनिक होम्स र नवज्योती भिड्ने

1.3K

फाईनलमा युनिक होम्स र नवज्योती भिड्ने

बुटवल, १५ माघ । संस्थागत बिद्यालय क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरीय स्का कप क्रिकेट प्रतियोगिताको फाईनलमा युनिक होम्स धकधई र नवज्योती ईङ्लिस बोर्डिङ स्कुल प्रतिस्पर्धा गर्ने भएका छन् ।

नवज्योतीको खेल मैदानमा शनिबार भएको सेमिफाईनल खेलमा युनिक होम्सले १५ रनले बुटवलको समिट बोर्डिङ् र नवज्योतीले ६ विकेटले ग्रिन प्लान्ट खैरेनीलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका हुन । फाईनल प्रतियोगिता आईतबार हुने छ । पहिलो सेमिफाईनल खेलमा युनिकले व्याटिङ् रोजेर समिटलाई ९६ रनको लक्ष्य दिएको थियो ।

यद्यपी समिट ८० रनमै समेटियो । त्यस्तै दोस्रो सेमिफाईनल खेलमा ग्रिन प्लान्टले व्याटिङ् रोजेर ५९ रनको लक्ष्य दिएकोमा नवज्योतीले ४ विकेटको क्षेतीमा लक्ष्य पुरा गरेको थियो । प्रतियोगितामा नवज्योतीका प्रकाश गुरुङ् म्यान अफ द म्याच भए । आज नै तेस्रो स्थानकालागि ग्रिन प्लान्टसंग भएको प्रतिस्पर्धामा समिट विजयी भएको छ । उक्त प्रतियोगितामा ग्रिन प्लान्ट ५९ रनले विजयी भएको हो । प्रतियोगितामा हार व्यहोरेको ग्रिन प्लान्ट सान्त्वना भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने संस्थागत बिद्यालय क्रिकेट संघ रुपन्देहीका अध्यक्ष समिर खानले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुने प्लेयर अफ द टुर्नामेन्ट, वेष्ट बलर र वेष्ट व्याट्स मयान तीन जना खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।