पडसरीमा पारदर्शीको नागरिक सहायता कक्ष

1.3K

पडसरीमा पारदर्शीको नागरिक सहायता कक्ष

बुटवल, १७ माघ । पारदर्शी सरोकार समुह बुटवलले रुपन्देहीको पडसरी गाविसमा नागरिक सहायता कक्ष तथा गुनासो सुन्ने कार्यक्रम गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलको सहयोगमा नेपालमा राष्ट्रिय सदाचार प्रबद्र्धन परियोजना अन्तर्गत विभिन्न कार्यालयहरुमा यो कार्यक्रम हुँदै आएको छ ।

यस अघि विभिन्न सरकारी कार्यालय तथा नगरगरपालिका गरी १५ कार्यालयमा पारदर्शीले नागरिक साहयता कक्ष तथा गुनासो सुन्ने कार्यक्रम गरिसकेको छ । अबका दिनमा गाविसमा पनि यो कार्यक्रम सञ्चालन हुने र त्यसको सुरुवात पडसरी गाविसबाट सुरु भएको पारदर्शी सरोकार समुहकी कार्यक्रम अधिकृत देबी डुम्रेले जानकारी दिनुभयो ।

सो अवसरमा पारदर्शी सरोकार समुहका कोषाध्यक्ष दिपक ढकालले कार्यालयमा गुनासो पेटीको प्रभावकारी तरिकाले व्यवस्थीत गर्न आग्रह गर्नुभयो । पडसरी गाविसको कार्यालय एउटै कोठामा मात्र सिमित हुँदा सेवाग्राही नागरिकलाई असुविधा भएको देखिन्छ । समुहका कोषाध्यक्ष ढकालले राजमार्गको नजिक र शहरको विचमा रहेको पडसरी गाविसमा यो अवस्था हुनु दुखद भएको भन्दै सेवाग्राही नागरिकलाई सहजता पुग्ने गरि कार्यालय संरचना हुनुपर्ने बताउनुभयो ।

पडसरी गाबिसका सचिव अच्युत भट्टराईले कार्यालयमा आएका सेवाग्राहीको लाई कार्यालयबाट दुख दिने अलमल्याउने काम नभएको भन्दै गुनासो पेटीका र सहायता कक्षलाई पनि व्यवस्थीत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाविस कार्यालय एउटै कोठामा हुँदा केही असहज भएको अर्को भवन बन्दै गरेको र त्यो बनेपछि सेवाग्राही नागरिकको लागि सहज हुने बताउनुभयो ।