‘पार्टीभित्र भागवन्डाको राजनीतिलाई जरैबाट अन्त्य गर्नुपर्छ’

526

‘पार्टीभित्र भागवन्डाको राजनीतिलाई जरैबाट अन्त्य गर्नुपर्छ’

देवदह, १७ माघ । नेपाली कांगे्रस रुपन्देही क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिको आयोजनामा अन्र्तक्रिया कार्यक्रम देवदह १ बिर्तामा सम्पन्न भएको छ ।

नेपाली कांगे्रस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन स्थानिय, प्रान्तिय र केन्द्रीय निर्वाचनमा एक भएर लाग्न सम्पूर्ण पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहांले स्थानिय निर्वाचनमा पार्टीभित्र स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताउदै पार्टीभित्र भागवन्डाको राजनीतिलाई जरैबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सभापति एवंम् सासंद अब्दुल रज्जाकले बिकास निमार्णका कार्यमा नेपाली कांगे्रस विकाससिल ढगंबाट लागि परेको बताउनुभयो । क्षेत्रीय सभापति हिराबहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा पुर्वराज्यमन्त्री तथा सासंद दूर्यधनसिंह चौधरी, महासमिति सदस्य जीवलाल पराजुली, मणिप्रसाद शर्मा, पार्वती न्यौपाने, जिल्ला सदस्य बासुदेव रिमाल, अकवाल खा“, नगर सभापति गुनाखर भूर्तेल, बिद्यार्थी नेता शंकर गिरी लगायत गाउ, वडा तथा नगरका सभापतिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम क्षेत्रीय सह–सचिव कृष्णमोहन निसादको स्वागत र क्षेत्रीय सचिव कोपिलाएसी रायमाझिको संचालनको संचालनमा सम्पन्न भएको थियो ।