
बुटवल, १७ माघ । अक्सफोर्ड कलेज बुटवलले शहीद दिवसको अवसर पारेर नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । बिबिएस तथा बिएड प्रथम वर्षमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।
बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी रूपा भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सोही अवसरमा खेल सप्ताह पनि समापन गरिएको थियो ।
स्वागत कार्यक्रममा विजेता विद्यार्थीहरू र प्राध्यापक कृष्ण खरेल र लेखा प्रमुख धु्रव पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी, प्राचार्य दिनेश भुसाल, धर्म पौडेल लागतले बोल्दै विभिन्न कलेजले गर्ने विभिन्न रचनात्मक क्रियाकलापले विद्यार्थीको शैक्षिक विकासमा टेवा पु¥याउने बताए ।
कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरू पुरूषोत्तम पौडेल,रितु थापा, प्रिया भण्डारीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । नव आगन्तुक विद्यार्थीलाई मायाको चिनोले स्वागत गरिएको थियो । विगतका वर्षहरूमा पनि कलेजले यस्तै कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय सोनु पोखरेल र अनिता क्षेत्रीले गरेका थिए ।