
भैरहवा, १८ माघ । भैरहवामा जारी नेपाल टेलिकम जिल्ला स्तरीय सुपरलिगबाट नयाँ पाँच क्लव ए डिभीजनमा प्रवेश गरेका छन् । नयाँ क्लव थपिएसगै रुपन्देहीका ए डिभिजनका १२ बटा क्लव भएका छन् ।
यो बर्ष बुम एमसिसी क्रिकेट कलव भैरहवा, बुटवल ११ बुटवल, बेस्टन क्रिकेट क्लव बुटवल, देवदह क्रिकेट युनीट देवदह र एपेक्स क्रिकेट क्लव शंकरनगर बि डिभिजनबाट ए डिभिजनमा प्रवेश गरेका हुन् । लुम्बिनी खुकुरी क्लब बेलहिया, प्रोफेस्नल मास्टर ११ भैरहवा, बुद्ध स्पोर्टिङ क्लब भैरहवा, शिव शक्ति क्लब भैरहवा, करहिया क्रिकेट क्लब मंगलापुर, शंकर नगर र न्यु होराइजन क्रिकेट क्लब बुटवल यस अघिनै ए डिभिजनमा छन् ।
१२ वटा ए डिभिजनका क्लवहरु बिच ४ समुहमा बिभाजन गरी बुधवार देखि सुपरलिग हुनेछ । चार क्लवको एक समुहबाट एक टिम सेमीफाईनलमा प्रवेश गर्ने छ । मंगलवार बि डिभिजन अन्र्तगत भएको अन्तीम खेलमा गोलपार्क क्रिकेट क्लव बुटवललाई हराउर्दै बुम एमसिसी क्रिकेट क्लव भैरहवा ए डिभिजनमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटीन गरेको बुमले निर्धारीत ३५ ओभरको खेलमा ३३ दशमलव १ ओभरमा १ सय ९ रनको लक्ष्य प्रस्तुत गर्दै अलआउट भएको थियो । जवाफमा मैदान छिरेको गोलपार्क १८ दशमलव ५ ओभरमा ५५ रनमा समेटीए पछि बुमले सहज रुपमा जित हात पार्दै ए डिभिजनमा प्रवेश ग¥यो ।
यसअघी एक खेल जितेर ए डिभिजनको लागि प्रतिस्पर्धामा आएको गोलपार्कका खेलाडीले मगंलवार राम्रो प्रस्तुती दिन सकेन् । बुमका लागि कुल बहादुर थापाले ३९, प्रज्वल थापाले १४, अनील जयसवारले ११ रन बनाए । भने बलीङ तर्फ गोलपार्कका नवीन खड्का र हरजित सिंहले ३÷३ तथा रविन सुवेदी, अर्जुन गिरीले १/१ बिकेट लिए । गोलपार्कका लागि १९ रनको दोहोरो अंक रजेश थापाले मात्र बनाए । बलीङतर्फ बुमका राहुल चौहानले ४, तुलबहादुर थापा र सन्दीप केसीले ३/३ विकेट लिए । खेलको म्यान अफदी म्याच बुमका राहुल चौहान घोषीत भएको आयोजक संस्था रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिनुभयो ।
भैरहवा स्थित सिद्धाथनगर रगंशालामा बुधवार ए डिभिजन अन्तरगतको पहिलो खेल समुह एका लुम्विनी खुकुरी क्रिकेट क्लव बेलहीया र शंकरनगर क्रिकेट क्लव शंकरनगर बिच हुने छ । नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गते सम्म संचालन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानल दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।