राममणि रातो र न्यू इन्भाइरनमण्ट रातो विजयी

323

राममणि रातो र न्यू इन्भाइरनमण्ट रातो विजयी

मणिग्राम, १८ माघ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसले सञ्चालन गर्दै आएको  जिल्लास्तरीय अन्तरकलेज नकआउट फूटबल प्रतियोगिताको तेश्रो  संस्करण अन्तर्गत आज दुईवटा खेल भएका छन् ।

पहिलो खेलमा सेण्ट जोसेफ भलवारीलाई शुन्यका विरूद्ध तीन गोल गर्दै राममणि रातो विजयी भएको छ ।  त्यस्तै, दोश्रो खेलमा ग्रीनप्लाण्ट देवदहलाई एकका विरूद्ध तीन गोल गर्दै न्यू इन्भाइरनमण्टको रातो समूह विजयी भएको छ ।

प्रतियोगिता अन्तर्गत भोलि दुईवटा खेल हुनेछन् । विहान सात बजे हुने पहिलो खेलमा पशुपति कलेज कोटीहवा र शान्ति नमूना मणिग्रामबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, विहान दश बजे हुने दोश्रो खेलमा लुम्बिनी बाणिज्य र न्यू होराइजनले प्रतिस्पर्धा गर्ने खेल संयोजक सुबाश के.सी.ले जानकारी दिनुभयो ।

जिल्लाका २० समूहको सहभागिता रहेको प्रतियोगिताको पहिलो हुने समूहले पच्चीस हजार नगद र दोश्रो हुने समूहले पन्ध्र हजार नगदसहित शील्ड, पदक तथा  प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेले बताउनुभयो ।