पर्यटकीय मार्गहरु खुल्दै

1.3K

पर्यटकीय मार्गहरु खुल्दै

टीआर बस्याल/बुटवल,२० माघ । पहाडकी रानी भनेर नेपालमै ख्याती कमाएको पाल्पालाई पर्यटन विकास गर्ने उद्देश्यले बैकल्पिक सुविधा प्रवाहको गर्न नयाँ सडकको ट्र«याक खोल्ने काम सूरु भएको छ ।

सरकारको करिव ६० करोडको लगानीमा सूरु गर्न लागेको ट्रयाक खोल्ने काम अहिले तिब्रगतीमा भएको प्राबिधिकहरुले बताउछन् । महेन्द्र राजमार्ग अन्र्तगत बुटवल उप महान्गरपालिकाको बेलबास बाट पाल्पाको दोभान स्थित नुवाकोटडाँडा पानीढल हँुदै सिद्धार्थ राजमार्गसंग जोड्न आउने यो सडकले धेरैलाई सुबिधा दिने स्थानीयको भनाई छ ।

कतीले यसलाई सिद्धार्थ राजर्मागको बैकल्पिक मार्ग भएको बताएका छन् । नेपाल भारतको सिमाक्षेत्र रुपन्देहीको बेलहीया देखी पोखराको पृथ्बीचोक सम्म १ सय ७९ किलोमिटर रहेको सिद्धार्थ राजमार्गकोले पाल्पा ,गुल्मी , स्याङ्गजा , रुपन्देही , पोखरा सम्मकै महत्वपुर्ण सडकको सहजताकोे प्रदान गरेको छ ।

अधिकांस सडक पहाडको खोचै खौच बनेको प्राबिधिक दृष्टिले कम लागतमा निर्माण सम्पन्न भएको धेरै दुर्घटना हुने गरेकोले पनि बिभिन्न अन्य मार्ग पनि बनाउदै लानुपर्ने पाल्पा क्षेत्र नं.२ का सांसद सोम प्रसाद पाण्डेको भनाई छ ।त्यसमा पनि पाल्पाको सिद्धवावा क्षेत्रमा अत्यन्त जोखिम मार्गमा पर्दछ । २०२८ सालमा खनीएको यो सडक बिभिन्न चरणमा स्तर उन्नतीको काम हुदै गएको छ ।

बुटवल बाट पाल्पाको सिद्धवावा हुर्दै दोभान सम्म ४ किलोमिटर पहिरो भू–क्षय र चट्टान खस्ने उच्च जोखीममा रहेको यो मार्गको सडक खण्डमा जोखीम न्युनीकरण गर्न यो नयाँ ट्रयाक उपयोगी हुने ईन्जिनियर जयलाल मरासिनी ले बताए । महेन्द्र रार्जमार्गको बेलवासबाट रुपन्देही र पाल्पाको सिमाक्षेत्र डिभिजन सडकले अहीले कटिङ्ग , नाली बनाउने , पर्खाललगाउने , ग्याभिन भर्ने काम भएको छ । अर्को बर्ष पिचको काम गर्ने योजनामा रहेको मरासिनीले बताए ।

९ मिटर चौडा सहित निर्माण गर्ने काम भएको र करिव १४ किलोमिटर बराबरको काम गर्ने छौ ,ईन्जिनियर मरासिनीले भने सामान्य कलभोट बाहेक अरु धेरै काम नभएको काम छिटो भएको बताए । अर्को तर्फबाट पाल्पाको दोभान बाट रुपन्देहीको सिमा सम्म खोलेको कच्चि बाटोलाई स्तर बृद्धि गर्दै लाने गरेको बताए ।

पाल्पा र बुटवलको सडक कार्यालयबाट सयूक्त काम गरिएको ईन्जिनियर पबित्रमणी आचार्यले बताए । हामीले करिव ७ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम गर्ने र बातावरणीय प्रवाह मूल्याङ्गकन आई र्ई रिपोर्ट आइसकेको छ । नयाँ टेण्डर प्रकियाबाट काम थालनी गरिने केही पुल हरु बनाउनु पर्ने भएकाले निर्माण काम छिटो हुने ईन्जिनियर आचार्यले बताए ।