नेविसंघको सम्पर्क समिति गठन

1.3K

नेविसंघको सम्पर्क समिति गठन

बुटवल, २३ माघ । नेपाल बिद्यार्थी संघ अर्घाखाँची सम्पर्क समिति सिद्धार्थ गौतमबुद्ध क्यापस बुटवल गठन भएको छ ।

नेपाल विद्यार्थी संघ सिदार्थ गौतम बुद्ध क्यापस इकाईले आईताबार गरेको भेलाबाट असिम खनालको अध्यक्षतामा २१ सदस्य कार्य समिति गठन गरेको हो ।
जसको उपाध्यमा अंकित अधिकारी र अमिस्ता गरै रहेका छन् । सचिवमा हरि प्रसाद धिमिरे, सह सचिवमा केशव न्यौपाने र मिना ढकाल रहेका छन् ।

कोषध्यक्षमा मनिष पोखरल, सह–कोषध्यक्षमा प्रदिप बन्जाडे चयन भएका छन् । भेलामा नेविसंघका इकाई सभापति महेश शार्मा, सचिव दिपक धिमीरे, अर्जुन खत्री, लक्ष्मण पाण्डे लगायतले आ आफ्नो धारण राखेका थिए ।