एमाओवादी एमालेमा बिलय

788

एमाओवादी एमालेमा बिलय

cpnuml

भक्तपुर । एकीकृत नेकपा माओवादी गुन्डु कमिटी नेकपाएमालेमा बिलय भएको छ ।

एमाओवादी गुन्डु कमिटीका अध्यक्ष पुष्पकुमार कार्कीको नेतृत्वमा कमिटीका पदाधिकारीसहित २८ जनाले एमाओवादीको गाउँ कमिटी कार्यालय,पार्टीको लेटर प्याड तथा छाप र सम्पूर्ण कागजपत्र बुझाएर पार्टी प्रवेश गरेको घोषणा गरेका हुन् ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले एमाओवादीबाट एमालेमा आउनेलाई टीका लगाएर खादा ओढाएका थिए ।

एमाले नेता बस्नेतले एमाले र एमाओवादीबीच पार्टी एकीकरणको सुरुआत भएको जिकिर गर्दै यसले देशव्यापी सन्देश दिने बताए । उनले भने– “देशभरका कम्युनिस्ट एक हुनुपर्छ, एमाले र एमाओवादीको पार्टी एकीकरण गुन्डुबाट सुरुआत भएको छ ।”

नाकाबन्दी खुलाउन सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै उनले चीनसँगको नाका खुलाउन पनि सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।

एमाओवादीबाट एमालेमा प्रवेश गरी पार्टी एकीकरणको घोषणा गर्दै कार्कीले एमालेसँग एमाओवादी एकीकरणको सुरुआत भएको बताए । रासस