एसिड प्रहार गरि प्रेमिकाको हत्या

1.3K

एसिड प्रहार गरि प्रेमिकाको हत्या

बुटवल, २४ माघ । गए राती बुटवलमा प्रमिको एसिड प्रहारबाट प्रेमिकाको ज्यान गएको छ । बुटवलको वडा नम्बर ६ स्थित होटल मेरिडियनमा आईतबार राती बास बसेका उनीहरुको बिचमा मनमुटाव भएपनि प्रेमिले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट गम्भीर भएकी नवलरासी गैडाकोटकी २७ वर्षीया तुलसा सापकोटाको उपचारका क्रममा सोमबार मध्यान्न मृत्यु भएको हो । धादिङ् नौबिसेका २८ वर्षीय सुनिल कोईरालासंग तुलसा होटलमा बास बसेकी थिईन । राती करिव पौने १ बजेको समयमा प्रेमि कोईरालाले तुलसालाई एसिड प्रहार गरेको र एसिड प्रहारबाट तुलसाको शरीरका अधिकाँस भाग जलेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै उपचारकालागि घाईते तुलसालाई लुम्बिनी अञ्चल अस्पतालमा लगिएको थियो । अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई भैरहवा स्थित मेडिकल कलेज पठाएको थियो । मेडिकल कलेजले पनि थप उपचारका लागि काठमाडौं रिफर गरेको र काठमाण्डौ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तुलसा र सुनिल बैदेशिक रोजगारीमा रहेको र उतैबाट दुई जना बिच प्रेम सम्बन्ध रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक भिमलाल भट्टराईले योजनावद्ध रुपमा नै तुलसालाई हत्या गर्नेगरी होटलमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनु भयो ।

अभियुक्त सुनिललाई उद्रित गर्दै उहाँले प्रेमिका तुलसाले आफूमाथि जालसाझी गरेर अन्यत्र प्रेम गरेकाले आवेगमा एसिड प्रहार गरेको बताउनु भयो । एसिड प्रहार गर्ने सुनिललाई प्रहरीले पक्राउ गरेको छ ।