
बुटवल, २४ माघ । लालटिन कृषि सहकारी संस्था लिमिटेड बुटवलले सोमबार बुटवलमा रक्तदान गरेको छ । सामाजिक उत्तरदायित्व अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको सहकारीले जनाएको छ ।
रक्तदान कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीले रक्तदान कार्यक्रम गर्नु निकै सरानिय कार्य भएको भन्दै यसले तल्लो वर्गलाई फाईदा हुने बताउनुभयो । उहाँले सहकारीहरुले आफ्ना शेयर सदस्यलाई आपत परेको बेलामा सहयोग पनि गर्नुपर्ने भन्दै रक्तदानले मानव हितमा काम गर्ने बताउनुभयो ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहकारीका ५० जना शेयर सदस्यहरुले रक्तदान गरेका छन् । सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष यज्ञप्रसाद उपाध्याय स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव राजु पौडेलले गर्नुभएको थियो ।