जनमोर्चालाई सरकारमा नजान चेतावनी

625

जनमोर्चालाई सरकारमा नजान   चेतावनी

cpnuml

दाङ/राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुने निर्णय गरेको प्रति उसकै भातृसंगठनहरुले विरोध गरेका छन्। पार्टी शिर्ष नेतृत्वले वर्तमान सरकारमा सहभागि हुने निर्णय गरेको भन्दै त्यसको विरोधमा दाङमा क्रियाशील उसका आफ्नै संगठनहरुले विरोध जनाएका हुन्।उनीहरुले सोमवार संयुक्त विज्ञप्ति मार्फत सरकारमा सहभागि नहुन पार्टी नेतृत्वलाई चेतावनी पनि दिएका छन्। विज्ञप्तिमा सरकारमा सहभागी हुने निर्णय पार्टीको विधान र घोषणापत्र विपरित रहेको बताइएको छ। राष्ट्रिय जनमोर्चाको पार्टी नेतृत्वले चित्तवुझदो मन्त्री पायमा सरकारमा सहभागि हुने निर्णय गरे लगतै त्यसको विरोध दाङमा शुरु भएको हो।जातिय समता समाजका केन्द्रिय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष टिका विक, दाङ जिल्ला युवा संघका सचिव लिलावहादुर पुन, प्रगतिशिल पत्रकार संघ दाङका उपाध्यक्ष वलदेव विश्वकर्मा, राष्ट्रिय जनमोर्चा सैघा गाविस अध्यक्ष मंगल घर्ती र अखिल नेपाल युवक संघ जिल्ला समितिका सदस्य जायश्वर न्यौपानेले संयुक्त प्रेश विज्ञती मार्फत सरकारमा जानु  पार्टीको हित विपरित रहेकोले उल्लेख गरेका छन्।