बुटवलमा दोस्रो शहिद स्मृती कपको तयारी

1.3K

बुटवलमा दोस्रो शहिद स्मृती कपको तयारी

बुटवल, २५ माघ । योङ्ग कम्युनिष्ट लिग, नेपाल क्षेत्र नं. ४ रुपन्देहीको आयोजनामा बुटवलमा दोस्रो शहिद स्मृती कप हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते देखि बुटवलको सिद्धेश्वरी खेल मैदानमा नक आउट फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा एन्फा एकेडेमी बुटवल, आर.के एफसी, मायादेवी भलुही, लिङ्गकन फुटबल क्लब, क्रिश्चियन युथ एफसी, फुलबारी गाईज, इभोलुसन तामनगर, नव एकता क्लब प्रदीपनगर लगायत १० टिमले भाग लिने खेलकुद विभाग संयोजक योगेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेतालाई ५५ हजार, मेडल र प्रमाणपत्र, उपविजेतालाई २५ हजार मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो । फागुन ७ गते समापन हुने प्रतियोगिताको लागि चार लाख रुपैया लाग्ने बताइएको छ । प्रतियोगिताको उद्घाटन फागुन १ गते दिउसो साढे १२ बजे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल(बलदेव)ले गर्नु हुनेछ । यस अघि २०७१ म शहिद स्मृती कप भएको थियो ।