पाणिनीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

311

पाणिनीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

घनश्याम पौडेल/
सन्धिखर्क, २६ माघ । नेपाली कांग्रेसका पुर्व सभापती एवं पुर्व प्रधानमन्त्री स्व. शुसील कोईरालाको प्रथम स्मृति दिवसमा नेपाल विद्यार्थी संघ पाणिनी बहुमुखी क्याम्पस मुल इकाइ समितिले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।

समितिले नवआगन्तुक विद्यार्थीलाई स्वागत संगै हाजिरीजवाफ तथा कुर्ची दौड प्रतियोगिता भएका छन् । हाजिरी जवाफमा विविएस प्रथम वर्षका राजन महत्रा क्षेत्रीको  समुह प्रथम, विविएस चौथौ वर्षका सर्मिला पन्थीको समुह द्धितिय, तेस्रो वर्षका पुष्पा गैरेको समुह तृतिय भएका छन ।

त्यस्तै कुर्ची दौडमा छात्रा सर्मीला पन्थी प्रथम, गिता पराजुली द्धितिय र तृतिय बसन्ता केसी भएका हुन । त्यस्तै छात्रहरुमा प्रकाश भट्टराई प्रथम, सरोज पोखरेल द्धितिय र शुसिल खत्री तृतिय भएका हुन । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले कांग्रेसले जहिले पनी विद्यार्थीले पढन, लेख्न पाउनुपर्ने, गरिव जनता  धनी बन्नुपर्छ भन्ने परिवर्तनको लडाई गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डेले पाणिनी क्याम्पसमा ३ पटक भएको चुनावमा अरुले जिते पनी क्याम्पसमा कुनै परिवर्तन नआएकोले अहिले हुने चुनावमा नेविसंघलाई विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रम नेपाल विद्यार्थी संघ पाणिनी बहुमुखी क्याम्पस मुल इकाइ समितीका अध्यक्ष रुद्रमणि भुसालको अध्यक्षता, जिल्ला उपाध्यक्ष सुरज रायमाझीको स्वागत र जिल्ला सदस्य घनश्याम पौडेलको सञ्चालनमा भएको थियो ।