
भैरहवा, २६ माघ । नेपाली कांग्रेस रुपन्देहीले आगामी फागुन १४ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा आफ्नो बहुमत ल्याउन बिभिन्न उपसमितिहरु गठन गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकले जिल्लाका सवै क्याम्पसलाई समन्वयगरी सचांलन गर्नका लागि प्रजातान्त्रिक प्रध्यापक र क्षेत्रमा क्षेत्रीय सभापति संयोजक रहेको समिति गठन गरिएको छ । त्यस्तै जिल्ला सभापतिको संयोजकत्वमा निर्देशक समिति समेत गठन गरिएको छ ।
मदन प्रसाद कट्टेलको सयोजकत्वमा गठित प्रजातान्त्रिक प्रध्यापकहरुको सदस्यहरुमा केन्द्रीय सचिव बुद्ध बहादुर थापा, केन्द्रीय सदस्य चन्द्र प्रसाद रेग्मी, जिल्लाका १८ बटै क्याम्पस प्रजातान्त्रिक प्रध्यापक संघका अध्यक्षहरु सदस्य, तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ्ग, सचिव रमेश बहादुर शाही, बासु बस्याल, ओम प्रकाश अर्याल रहेका छन् ।
त्यस्तै क्षेत्र नं १ का सभापति हिराबहादुर खत्री, २ का मातृका प्रसाद यादव, ३ का प्रेम बहादुर फौजदार, ४ का हरीलम्साल, ५ का बशि उल्लाह मुसलवान, ६ का दुर्गा प्रसाद उपाध्यय सयोंजक रहेको ३ सदस्यीय समिति गठन गरिएको छ । जिल्ला सभापति रज्जाक संयोजक रहेको निर्देशन समिति सदस्यमा सचिव रामकृष्ण खाँण र युवराज गिरी रहेका छन् । स्वतन्त्र बिद्यार्थी युनियनमा प्रचार प्रसारका लागि प्रकाश रानाको सायोजकत्वमा छुट्टै समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा लेखनाथ भट्टराई, टंक पाण्डे, जमुना ढकाल, शुसील गुरुङ्ग, बिष्णु पोखरेल, मुक्तीराज पौडेल, मिलन थापा, बिक्रम शेरचन, अजय रावल, दिपक पौडेल, प्रजापाल गिरी, लोक प्रसाद खरेल र लेखनाथ अधीकारी रहेका छन् ।