
बुटवल, २६ माघ । समाजसेवी स्वर्गिय गणेशमान सैजुको सम्झनामा उहांको परिवार र बुद्ध सामुदायिक टेलिभिजनले –गणेशमान सैजु शान्ति बुद्ध टिभी पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।
टेलिभिजनका संचालक सदस्य समेत रहनु भएका सैजुको टेलिभिजनमा रहेको ५५ हजार सचालन सदस्य रकम तथा टेलिभिजनको बांकी रकमबाट पुरस्कार स्थापना गरिएको हो । सैजुको स्वर्गारोहण भएको पुस १० गतेको दिनको सम्झनामा प्रत्येक बर्ष नगद पांच हजार सहित एक जना पत्रकारलाई पुरस्कृत गरिने टेलिभिजनका अध्यक्ष पृथ वहादुर फौदारले जानकारी दिनु भयो ।
आफ्ना जीवनका अन्तिम दिनहरुमा समेत समाजसेवामा आफ्नो तन मन र धनले सक्रिय रहनु भएका सैजुलाई पुरस्कार स्थापनाले चिरस्थायी बनाई राख्ने विश्वास गरिएको छ । उक्त पुरस्कार स्थापनाको हिजो उहांको स्वर्गाहोरण भएको ४५ दिनको पुण्यतिथिको समारोहमा घोषणा गरिएको हो ।
टेलिभिजनको सक्रियतामा पुरस्कार स्थापना भएकोमा उहांका धर्मपत्नी कृष्णप्यारी सैजु, छोराहरु अर्जुनमान शैजु र अनुपमान शैजुले टेलिभिजनप्रति आभार व्यक्त गर्नु भयो ।