मणिग्राम, २७ माघ । राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य गङ्गा शाहीका पति कृष्णकुमार शाहीको निधनमा क्याम्पसले शोक सभा गरेको छ ।
तिलोत्तमा नगरपालिका–९, भलवारीस्थित शाही निवासमा भएको शोक सभामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले शाहीको निधनबाट असल सामाजिक एवम् शैक्षिक व्यक्तित्व गुमाउनुपरेको भन्दै समवेदना व्यक्त गर्नुभएको थियो । क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह«ेको सञ्चालनमा भएको शोक सभामा क्याम्पसका उपाध्यक्ष गोपाल भट्टराई, क्याम्पस प्रमुख मोहनराज शर्मा लगायत समितिका पदाधिकारी, पूर्व क्याम्पस प्रमुख, प्राध्यापक एवम् कर्मचारीहरूको सहभागिता रहेको थियो ।
शाहीको गत माघ १८ गते ७१ वर्षको उमेरमा निधन भएको थियो ।