पर्सी किड्स डान्सिङ्ग आईकनको फाइनल

1.3K

पर्सी किड्स डान्सिङ्ग आईकनको फाइनल

बुटवल, २७ माघ । किड्स डान्सिङ्ग आईकन २०७३ को फाईनल पर्सी माघ २९ गते हुने भएको छ । साधना सांस्कृतिक कला केन्द्र बुटवलले आज बुटवलमा पत्रकार सम्मेलन गरी बाल दिवसको दिन भदौ २९ मा सुरु भएको डान्सिङ्ग आईकनमा पर्सी टप टेनमा पुगेका विच प्रतिस्पर्धा हुने जानकारी गराएको छ ।

बुटवल र मुर्गियामा चार पटक भएको अडिसनमा चार देखि १२ वर्षका ६ सय ३५ बालवालिकाले भाग लिएका थिए । डान्सिङ्ग आईकनको विजेताले ७७ हजार ७ सय ७७, उपविजेताले ५५ हजार ५ सय ५५ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैया नगद पाउने साधना कला केन्द्रका प्रमुख अनु रज्जकले जानकारी दिनुभयो ।

निर्णायक र टिकट भोटिङ्गको आधारमा विजेता, उपविजेता चुनिने छन् । त्यस्तै टिकट भोटिङ्गमा सर्वाधिक भोट पाउनेलाई भिवर्स (दर्शक) विजेता घोषणा गरी ६६ हजार ६ सय ६६ रुपैया प्रदान गरिनेछ । डान्सिङ्ग आईकनको फाइनल पर्सी बुटवल उद्योग बाणिज्य संघमा हुनेछ ।