‘आर्थिक समृद्धिका लागि सहमतिमा निर्वाचन’

1.3K

‘आर्थिक समृद्धिका लागि सहमतिमा निर्वाचन’

बुटवल, २९ माघ । मुलुकको आर्थिक समृद्धिका लागि सबै दल र पक्षको सहमतिमा निर्वाचन आवश्यक भएकोमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन । बुटवल उद्योग वाणिज्य संघको २४ औ सल्लाहकार सभाको उदघाटन कार्यक्रमका वक्ता उद्योगी व्यवसायिहरुले नयां संविधान निर्माण भएपछी पनि दलहरुबीच सहमति नहुदा र निर्वाचन हुने नहुनेमा अन्यौल हुदा मुलुकले आर्थिक बिकासमा पनि गति लिन नसकेको बताएका छन ।

उनीहरुले सबै दलको सहमतिमा निर्वाचन गरी हरेक तहमा जनप्रतिनिधिहरु बहाल गरी मुलुकको आर्थिक समृद्धिलाई जोड दिन दलहरुलाई आग्रह गरेका छन । उद्योगी व्यवसायीहरुले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई तिब्रता दिन पनि सरकार सहित सरोकारवाला निकायलाई आग्रह गरेका छन ।

सल्लाहकार सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले दलहरुबीच सहमति भएर मुलुक समृद्धिको दिशामा अघि नबढ्दा भारतीय सीमाबर्ती क्षेत्रबाट अहिले व्यवसायीहरुलाई धम्कि आइरहेको बताउनु भयो । उहांले मुलुकको सुरक्षा र आर्थिक समृद्धिका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक भएको पनि बताउनु भयो ।

पुर्व अध्यक्ष ढकालले कृषिको आधुनिक बिकास र पर्यटन क्षेत्रबाट मात्र नेपालले फड्को मार्न सक्ने बताउदै लुम्विनीमा आउने पर्यटकलाई कम्तिमा पनि एक दिन लुम्विनी बस्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । मोतिपुर औद्योगिक क्षेत्रको स्थापना सहितको औद्योगिक बिकासका लागि महासंघले सम्वन्धित निकायमा पहल गरिरहेको जानकारी गराउनु भयो ।

महासंघका उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले कर तिरेको करबाट मुलुकमा राजश्व बढी रहेपनि बिकास निर्माणमा काम नहुने र व्यवसायीलाई सधै त्रासमा राख्ने सरकारी कर्मचारीहरुको मानसिकताले औद्योगिक वातावरण बन्न नसकेको बताउनु भयो । उहाले कर्मचारीहरुलाई दिने तजबिजी अधिकार र बन्दुक लिएर व्यवसायिक प्रतिष्ठानमा छापा मार्ने प्रबृति तत्काल रोकिनु पर्ने बताउनु भयो ।

संघका अध्यक्ष महेशमान सिंहले यस क्षेत्रको औद्योगिक बिकास र आर्थिक समृद्धिका लागि मोतिपुर औद्यँेगिक क्षेत्रलाई छिटो सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य शंकर श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष हिरा प्रसाद श्रेष्ठ, पुर्वअध्यक्ष तथा सल्लाहकार अर्जुनमान सैजु, निर्मल प्रसाद लाकौल र नवराज श्रेष्ठ, महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी, दिपक लम्साल, दिल सुन्दर श्रेष्ठ, नेपाल श्रीलंका उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमलाल ढकाल, संघका बाणिज्य उपाध्यक्ष उज्वल कसजु, महासचिव हरी प्रसाद अर्याल, स्टेशनरी समितिका सभापति शुक्र बस्याल लगायतले बोल्नु भएको थियो ।