तीन खम्बेले आर्थिक समृद्धि असंभव : खांण

1.3K

तीन खम्बेले आर्थिक समृद्धि असंभव : खांण

बुटवल, २९ माघ । रक्षा मन्त्री बालकृष्ण खांणले तीन खम्बे अर्थनीतिले मुलुकमा आर्थिक समृद्धि संभव नभएको बताउनु भएको छ । तिलोत्तमा बहुमुखि सहकारीले शंकरनगरको न्युलाइट कलेजमा आयोजना गरेको बृहत निःशुल्क स्वास्थ्य शिबिरको आज बिहान शुभारम्भ गर्दैमन्त्री खांणले नेपालमा सदियौदेखि कायम रहेको सहकारीतालाई आधुनिक र प्रबिधि मैत्री बनाएर अघि बढन सकेमात्रै २० बर्षमा मुलुक आर्थिक रुपले समृद्ध बन्ने बताउनु भयो ।

नेपालमा सहकारीले आर्थिक शोषणको अन्त्य गरेको उल्लेख गर्दै उहाले सहकारीलाई अर्थतन्त्रको मुल आधार बनाउनु पर्ने बताउनु भयो । उहाले तिलोत्तमा सहकारीलाई उत्पादनमुलक क्षेत्रमा काम गरी नमुना सहकारी बनाउन पनि सुझाव दिनु भयो । सहकारी डिभिजन कार्यालय रुपन्द्येहीका प्रमुख नेत्र प्रसाद घिमिरेले रुपन्देहीका सहकारीहरुले आर्थिक गतिबिधिमा निकै सहयोग पुर्याएको उल्लेख गर्दै तिलोत्तमा सहकारी नमुनाका रुपमा अघि बढीरहेको बताउनु भयो ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको सभापतित्व र सचिव पार्वति थापाको सञ्चालनमा शिबिर उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।
दिनभर चलेको शिबिरमा युनिर्भसल मेडिकल कलेज भैरहवाका चिकित्सकहरुले बाल, महिला तथा प्रशुति, आंखा, दात, हार्ड जोर्नी तथा नशा, नाक कान तथा घाटी लगायतका रोगको परीक्षण गरेका थिए । शिविरमा ८ सय ७० जनाले स्वास्थ्य परीक्षण गराएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।