महायज्ञ शुरु नहुंदै २० लाख संकलन

1.3K

महायज्ञ शुरु नहुंदै २० लाख संकलन

बुटवल, २९ माघ । मुक्तेश्वर बैदिक शिव मन्दिर मोतिपुर–२२ बुटवलमा सत्सङ्ग आश्रम निर्माणार्थ आयोजना गरिएको श्रीमदभागवत धन धान्याञ्चल ज्ञान महायज्ञ शुरु नहुंदै २० लाख रुपैयां दान संकलन भएको छ ।

सत्संग आश्रम निर्माणका लागि स्थाानीय मानबहादुर थारुले ५ लाख १ हजार एक सय एघार, सोही ठाउंकै मिनबहादुर श्रेष्ठले ५ लाख १ हजार एक सय एघार र दिनेश कुंवरले ३ लाख एक सय एघार रुपैयां दान गरेका छन् । फागुन ७ गतेबाट शुरु हुने महायज्ञको तयारी तीब्र रुपमा भइरहेको महायज्ञका प्रचार प्रचार संयोजक ग्यामलाल भुषालले बताए ।

महायज्ञको प्रचारप्रसारका लागि माइकिङ, पर्चा पम्पलेट वितरण, मण्डप निर्माण लगायतका कामहरु भइरहेका यज्ञ सम्पादन समितका सचिव टोपनारायण घिमिरेले जानकारी दिए । मन्दिरमा सत्संगका लागि आउने भक्तजनहरुको संख्या बढ्दै जांदा हाल रहेको सत्संग भवन सानो भएकोले ठूलो र सुविधायुक्त सत्संग आश्रम बनाउन महायज्ञ आयोजना गरिएको महायज्ञ सम्पादन समितिका संयोजक भीमप्रसाद न्यौपानेले जानकारी दिए ।