‘जनयुद्धका उपलब्धी नेतृत्वले तुहाए’

317

‘जनयुद्धका उपलब्धी नेतृत्वले तुहाए’

बुटवल, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले जनयुद्धका उपलब्धीलाई नेतृत्वले नैं तुहाउने काम गरेको आरोप लगाउनुभएको छ ।  प्रचण्ड–बाबुरामतर्फ इङिगत गर्दै सुवेदीले जनयुद्धका उपलब्धी उनीहरुले नैं तुहाएका हुन् ।

नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति, रुपन्देहीले २२ औं जनयुद्ध दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा बोल्दैं उहांले सो आरोप लगाउंनुभएको हो । उहांले जनयुद्धका नेतृत्वकर्ता साम्राज्यवादीको जालोमा फसेको दावी गर्नुभयो । अबधराज्य समितिका इन्चार्ज समेत रहनुभएका सुवेदीले नयां जनवादी क्रान्तिका लागि अगाडि बढ्नु नैं जनयुद्ध मनाउंनुको सार्थकता रहने बताउनुभयो ।

उहांले प्रचण्डहरु संसदवादी दलदलमा फसेकाले उसबाट जनताको मुक्ति नहुने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार खुमानन्द भुसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका नेता केजी कुमार पौडेल, पार्टीका सचिवालय सदस्य आरपी शर्मा पोख्रेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टी रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्षता तथा सचिवालय सदस्य बिनोद मरासनीको सञ्चालनमा भएको थियो ।

यस्तैं कपिलवस्तुको चार नम्बर तथा नवलपरासीको चोरमारामा पनि पार्टीले २२ औं जनयुद्ध दिवस मनाएको जनाएको छ ।