
बुटवल, ४ फागुन । बुटवल उद्योग वाणिज्य संघ अन्र्तगतको उर्जा दक्षता इकाइको योजना तर्जुमा गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।
संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुको अध्यक्षतामा दुई दिनसम्म चलेको गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उर्जाबीद डा. उत्तम कुवर, जीआईजेट इण्टिग्रेसनका बरिष्ठ सल्लाहकार पवन कुमार सहित संघका पदाधिकारी, इकाईका सदस्य उद्योगि तथा उर्जा बीद इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।
गोष्ठीले यस क्षेत्रको औद्योगिक व्यवसायिक प्रतिष्ठानमा देखिएको उर्जा समस्याका सम्वन्धमा छलफल गरी उर्जा व्यवस्थापन, चुहावट नियन्त्रण र बैकल्पिक उर्जाका सम्वन्धमा कार्ययोजना बनाएको छ ।