भारतलाई दोष दिन मिल्दैनः राजदुत

486

भारतलाई दोष दिन मिल्दैनः  राजदुत

reबुटवल ,कात्तिक ३/नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाली जनताका कारण उत्पन्न परिस्थितिको दोष भारतलाई दिन नमिल्ने बताएका छन्।

उपप्रधान एंव परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्किएको दोश्रो दिन मंगलबार राजदुत रेले दुतावासमा पत्रकार सम्मेलन गरी उनले आन्तरिक राजनीतिक समस्याका कारण श्रृजित अवस्थाको दोषी भारत नभएको स्पष्ट पारेका हुन्।
 
नेपालमा हुने अस्थिरताले भारत प्रत्यक्ष प्रभावित हुने भएकाले समस्या श्रृजना भएको भन्दै उनले आफ्नै जनताले गरेको अवरोधका कारण उत्पन्न परिस्थितिको दोष भारतलाई दिन नमिल्ने दाबी गरे । उनले सिमाक्षेत्रमा देखिएको अवरोध नहटे सम्म सिमा नाका पुर्ववत संचालन हुन नसक्ने समेत बताए । भारतको सम्बन्ध मधेस र सम्पुर्ण नेपालमा फरक नभएको भन्दै उनले कुनै एउटा समुदायलाई मात्रै भारतको समर्थन रहेको भन्ने भनाई गलत भएको दाबी गरे ।

राजदुत रे ले बीरगञ्जमा रोकिएका इन्धनका ट्याङ्कर अन्य नाकाबाट घुमाएर नेपाल ल्याउने नेपालको अनुरोध पनि उपयुक्त नभएको बताए l

उनका अनुसार आन्दोलनकारीले नाकामा बसेर धर्ना कार्यक्रम गरिरहेको हुँदा तत्कालै नाका खुल्ने सम्भावना छैन l

बिरगंज भन्सारमा अड्किएर रहेका सैयौं ग्यास र तेलका ट्यांकर अन्य नाका बाट नेपाल भित्र्याउन परराष्ट्रमन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ अनुरोध गरेका थिए l

 
सरकारले मधेसी समुदायसंग वार्ताका लागि समिति गठन गरेपनि अझै समस्याको  समाधान निस्कन सकेको छैन । यता जारी नाकाबन्दीलाई भारतीय सरकारले स्वीकार नगरेपनि विहार र उत्तरप्रदेशको निर्वाचन र मधेस आन्दोलनलाई देखाउदै इन्धन आपुर्तिमा कडाई गर्दे आएको छ । उपप्रधानमन्त्री थापाको भारत भ्रमणको क्रममा त भारतले तोकेरै विरगञ्ज नाका खुलाउन नसक्ने प्रतिक्रिया दिईसकेको छ ।