तिनाउ ‘क’ वर्गमा

1.3K

तिनाउ ‘क’ वर्गमा

बुटवल, ५ फागुन । बुटवल ८ अस्पताललाईन रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक आर्थिक वर्ष २०७३/७४ मा  ‘क’ वर्गमा वर्गीकरण भएको छ ।

बैकलाई क वर्गमा वर्गीकरण गरिएको नेप्सेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । नेप्सेले चुक्तापुंजी, साधारण शेयरधनीको संख्या, मुनाफा, शेयरको किताबी मूल्य, आय/ब्यय विवरण पेश गरेको समयको आधारमा विभिन्न कम्पनीहरुलाई “क” वर्गमा वर्गीकृत गर्दै आएको छ । नेप्सेको उक्त प्रावधानअनुरुप “क” वर्गमा पर्न सफल तिनाउ विकास बैंकको चुक्तापुंजी ३४ करोड १३ लाख ७० रहेको छ ।

केही समय भित्र हकप्रद शेयर जारी गर्न लागेको र उक्त हकप्रद शेयर पश्चात चुक्तापूंजी ४६ करोड ८ लाख ५० हजार पुग्ने बैंकले जानकारी गराएको छ । चालु आ.व.को दोस्रो त्रैमासीक सम्ममा ३ अर्व ६४ करोड निक्षेप संकलन गरी ३ अर्व ९ करोड कर्जा प्रवाह गरेको बैंकले ८ करोड ५४ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

सथै उक्त बैंकले रुपन्देही, नवलपरासी तथा चितवन जिल्लाका विभिन्न स्थानका ११ वटा शाखा मार्फत अत्याधुनिक मोवाईल तथा एटिएम बैंकिङ्ग कारोवार गर्दै आईरहेको छ ।